थांपाल गाउँपालिकाद्वारा झोलुंगे पुल पुनःनिर्माण

डिसी नेपाल
२५ भदौ २०८१ १४:३०

सिन्धुपाल्चोक। यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुयाएको झोलुंगे पुल पुनःनिर्माण गरिएको छ।

पाँचपोखरी थांपाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुंगे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पु(याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुंगे पुलमा क्षति पुगेको थियो।

बाढीले क्षति पुयाएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भईसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीले क्षति पुयाएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए।

वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुंगे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताए। तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो।

पुलमा क्षति पुगेपछि संघ र प्रदेश सरकारलाई पटक–पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताए। कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निमार्णको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।

सो पुलमा विसं २०७८ असार १ गतेको बाढीलेसमेत क्षति पु¥याएको थियो। तत्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो। त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पु¥याएको हो। एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुनःनिर्माण गरिएको छ । त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *