शंकरप्रसाद रिजालका तीन कविता

शंकरप्रसाद रिजाल
२९ भदौ २०८१ ७:०८

अन्याय, अत्याचार र आन्दोलन

थियो न्याय गोरखामा रामशाहको पालामा
जान्थे सबै अन्याय भोगी यही गोरखा राज्यमा

राजा थिए बिबेकी न्यायी र सुरबीर नै
प्रजा थिए सुखी शान्त थियो राज्य स्वर्ग झैं

अर्का थिए पृथ्वीनारायण न्यायी र सुरबीर पति
साना राज्यहरु मिलाइ नयाँ नेपालको अधिपति

ओहो देश थियो कस्तो विशाल नेपाल जस्तो
सारा अंग्रेज डराउँथे उनको महान बीरताको

एकसय चार वर्षको शासन राणाले चलाई गए
आफ्नै सुख सयलमा मात्र राणा रम्ने भई गए

अन्याय जनतालाई साह्रै दुःख र कष्ट थियो
त्यसको प्रतिकारमा सबै देश प्रेमी उठे थियो

राणाको पनि जर्जरे शासन सात सालमा ढली गयो
सारा देसप्रेमी जनता मिली प्रजातन्त्र आई छोड्यो

चल्यो यो तन्त्र शासक अदली बदली भइ
भ्रष्टाचार बढ्यो देशमा शासक भ्रस्टचारी बनी

स्नेह देशले त्यो अन्याय सत्र साल फिरी गयो
सारा राज्यको बागडोर राजा महेन्द्रले लिइगए

बिबेकी राज नेता थे कसैसँग नडराउने
अन्याय र राष्ट्र द्रोहीलाई खुबै तह लगाउने

राजा वीरेन्द्रपनि थिए न्याय प्रेमी र असल
उनैको राज्यमा थियो शान्ति न्याय र प्रबल

तर नेता भए दूराचारी दासी लोभी र असन्तोष
उनैको राज्यमा भयो संविधान संशोधन सम्भब

तर खेदे राजा उनैलाई अर्को व्यवस्था ल्याउने भनी
न्याय प्रेमी ती राजालाई परिवारसहित मारेपनि

माओवादी बन्यो अर्को देशलाई बिगारने
जनयुद्धको लहरमा सत्रहजार जनता मार्ने

आयो लोकतन्त्र दौडेर बासठ्ठीको माझमा
रोकियो देशको बिकास चौथाइको शान्तिमा

लोकतन्त्र बन्यो देश नेता बने लस्कर
यिनैले जन्माए अन्याय, अत्त्याचार र तस्कर

बढ्यो नेपालमा अन्याय जतातै झरझर
भए बन्द सबै उद्योग युवा बिदेसिए गरगर

सारा शून्य भयो देश शासक बने जर्जर
आयो नेपालमा फेरि राणा निरंकुश फर्फर

अन्यायले बिकुल फुक्यो धरहराबाट बर्बर
भएका युवकहरु निस्किए सडकमा हर्हर

चल्यो आन्दोलनको ढर्रा आगो बल्यो देसमा
भोलिका कर्णधार युवाहरु तम्सिए रणभूमीमा

नेताहरुको भ्रष्टता देख्दा जनता रुष्ट हुँदै गए
हरेक दिन सडकमा नेता फाल्छौं भनी हिँडे

अब न्यायले नेता पकडी कारवाही सबै गरौँ
नयाँ युगको निर्माणमा सबै जुटी लागि परौं

अन्यायको बिरोधमा लागौं सबै युवाहरु
बिग्रेका सब ती थोत्रा नेता फालौं खुरुखुरु

बन्छ यो देश नेपाल एकदिन खुबै राम्रो
हेक्का रहोस् सबै नेपाली जनताहरु हाम्रो

इच्छा मरेको र आशा जन्मिने देश नेपाल

आशा निराशामा बदलियो इच्छा सबै अधुरो रह्यो
यही इच्छाको मन क्रान्तिमा धेय एउटा अडी गयो

इच्छा जीवनको सम्वृद्धि गराउने यस देसमा
मरीजान्छ फेरि त्यो लिइ अन्धकार भेषमा

रोइ पो के छ गर्नु त्यो निराशाको पहाडमा
लडी जाने पो हो कि त्यो चिप्लो चट्टानमा

इच्छा मनको फूल त्यो कैले फक्रिन्छ खोइ
भित्र मनको इच्छा पूरा हुने लाखमा कोइ

संसारको ठूलो व्यक्ति हुने इच्छा थियो मेरो
यो बिचार गरी बस्छ मेरो मनको सेरोफेरो

सेवाको भावना बढ्छ मनको गहिराइमा सधैं
इच्छाको तर्कना बढ्छ यही मनको बिचमा सधैं

धेरै बर्ष बित्यो मेरो यो इच्छाको करिबमा
नजाने के पो हुने हो यो छोटो उमेरमा

इच्छा आशको तन्द्रा झुण्डी रहन्छ यसैगरी
हावा हुरी बेगको आउँदा उडाउँछ उसैगरी

हावाको बेगमा पर्दा इच्छा हल्लिन्छ थरथरी
तैपनि आफनो इच्छा सम्झिन्छ घरिघरी

इच्छा मनको बेग बिर्सिन्न कसैगरी
धोको मनको आगो बल्दैछ हर्हरी

ठगको ठगी हो इच्छा लोभीको दास बन्दिने
नेताको छल हो इच्छा जनता निरीह बनाउने

इच्छा जोगीको हेर सिधै ईश्वर अन्त्य भेटाउने
इच्छा बिबेकीको हेर सबैको भोक प्यास मेटाउने

धर्मको गुण हो इच्छा सबै अधर्म नासने
कर्मको प्यास हो इच्छा सबै अभाव मेट्ने

दुष्टको आश हो इच्छा सबै सुख मेटाउने
नेताको चाल हो इच्छा सबै जनता झुक्याउने

अब लियौं इच्छा बीरताको सधैं शत्रु झुकाउने
बनौं हामी सबै राम्रो सबैको सामु झल्किने

आशा मनको इच्छा सधैं राम्रो बनी रहोस्
सारा देसका युवाशक्ति फूल बनी फूलिरहोस्
सारा देशका युवाशक्ति फूल बनी फूलिरहोस्

नेपालमा क्रान्तिको लहर

क्रान्तिको बिकुल फेरि फुकिएको छ नेपालमा
जताततै आन्दोलन चर्किएको छ यो देशमा

सत्ताको एकलौटिले देश बरबाद भइगयो
लोकतन्त्र बनी यन्त्र लोभ मोह बढी गयो

जनता लुटिए देशमा भ्रष्ट सहकारीको नाममा
लुटिए जनता फेरि त्यो भ्रष्ट लघुवित्तको नाममा

एक्लिए जनता सारा उद्योग कल कारखानमा
गए सबै युवानेता दौडीदौडी परपर बिदेशमा

चर्को नारा उठेको छ देशको सडक सडकमा
युबा शक्ति जुटेकाछन् दिनहुँ आन्दोलनमा

उठे युवा लुके नेता आआफ्नो घर घरमा
बढे युबा बढे जनता अगाडि सिंहदरवारमा

थुती नेता फाल्ने दिन आयो अब यो देशमा
क्रान्तिको शंख फुकियो अब भ्रष्टको बिरोधमा

रोकिन्न अब यो क्रान्ति सारा युवा जुटे भने
छेकिन्न अब यो नारा सबै नेता लुते बने

लुगा फुकाई जो हिँड्छन् अभियानमा अग्रणी बनी
तिनै युबाहरु बनेका छन् देश प्रेमीका धनी

हुरी बतासको वास्ता नगरी सबै लागि परौं अब
क्रान्तिको हुन्कारको ज्वाला उठ्छ सबैमा जब

बसीबसी के पो गर्नु छ देश खोक्रो बनिसक्यो
पैसाको पोको तेर्साइ बिदेशीले देश किनिसक्या

अनेक काण्डको थुप्रो बनिसक्यो नेपालमा
सयौं भ्रस्टाचारको पहाड भइ सक्यो देशमा

एमसीपी अमेरिकनले देश भित्र्याइ सक्यो
टाढा गाँउहरुमा बूट पश्चिमाले बजारी सक्यो

सबै नेपालीलाई बिदेशीले छोपी सक्यो
टोपी नेपालीको चिन्ह कता कता हराइसक्यो

नेताको अधुरो बुद्धिले देश निर्धो बनिसक्यो
सारा बिदेशमा नाम हाम्रो नाम बिकिसक्यो

अब “अतिभो” भन्दै क्रान्ति जन्म्यो देशमा
सारा युवा जुटेका छन् यो ठूलो आन्दोलनमा

लौन अब सबै जुटौं यो पबित्र अभियानमा
नयाँ युग झुल्किनेछ यो युवाको बरियातमा

सबै देशप्रेमी जुटौं एक भै यो देशमा
अस्ताएको सूर्य फेरि त्यो झुल्किन्छ नयाँ बिहानीमा
अस्ताएको सूर्य फेरी त्यो झुल्किन्छ नयाँ बिहानीमा

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *