सामाजिक संजालमा दीपिका र प्रियंकाका ‘फेक फलोअर’ धेरै

डिसी नेपाल
२७ साउन २०७६ १७:०३

काठमाण्डौ । अहिले सेलिब्रेटीको लोकप्रियता मापन गर्ने प्रमुख आधार विभिन्न सामाजिक संजालका फलोअरलाई प्रमुख आधार बनाउने गरिन्छ ।

फलोअरको आधारमा नै सेलिब्रेटीहरुले विभिन्न ब्रान्डका क्याम्पेनहरु पाउने र पैसा कमाउने गर्दछन् । पछिल्लो पटक बलिवुडबाट हलिवुडमा गएकी अभिनेत्री प्रियंका चोपडालाई अर्की अभिनेत्री दीपिका पदुकोने करिब आधा फलोअर ‘फेक फलोअर’ भएको खुलासा भएको छ ।

बेलायतको एक कम्पनि इन्स्टिच्युट अफ कन्टेमपोररी म्युजिक पर्फर्मेन्सले गरेको एक अध्ययनमा सामाजिक स्नाजालमा अभिनेत्री दीपिकाका ४५ प्रतिशत फलोअर फेक रहेको खुलासा गरेको छ । त्यस्तै अर्की अभिनेत्री प्रियंकाका ४३ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।

सो संस्थाले सार्वजनिक गरेको १० विभिन्न फिल्म क्षेत्रका व्यक्तिहरुको सुचिमा धेरै फेक फलोअर हुनेमा दीपिका छैठौ स्थानमा रहेकी छन् । त्यस्तै प्रियंका ४३ प्रतिशत फेक फलोअरसहित दशौ स्थानमा रहेकी छन् ।

त्यस्तै खेलाडीहरुमा धेरै फेक फलोअर हुनेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका ४४ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।

सो संस्थाले सामाजिक संजाल ट्वीटर र इन्स्टाग्रामका फलोअरको अध्ययन गरेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *