मध्य र पूर्वी युरोपमा वर्षाका कारण बाढीको अवस्था

डिसी नेपाल
३० भदौ २०८१ १६:२८

काठमाडौं । मध्य र पूर्वी युरोपमा वर्षाका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ । बाढीका कारण रोमानियामा चार जनाको मृत्यु भएको आपतकालीन सेवाले जनाएको छ ।

शनिबार चेक गणतन्त्रका ३८ स्थानमा बाढीको चेतावनी जारी गरिएको थियो । प्रशासनले बाँध र चिडियाखाना मानिसका लागि बन्द गरिएको जनाएको छ। पोल्याण्डमा भने नदीहरु खतराको बिन्दुभन्दा माथि पुगेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

“रोमानियाका १९ स्थानमा दर्जनौं मानिसको उद्धार गरिएको छ,” आपतकालीन सेवाले भन्यो। पोल्याण्ड सरकारले अवस्था निकै खराब रहेको बताएको छ ।

अर्कोतर्फ म्यानमारमा आएको बाढीका कारण करिब दुई लाख ३० हजार मानिस घरबार छाड्न बाध्य भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *