काँग्रेस नेता सिंह ८ दिनपछि डिस्चार्ज
काठमाडौं। अस्वस्थ भएपछि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सोमबार ८ दिनपछि डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको उनी निकट विद्यार्थी नेता यूपी लामिछानेले जानकारी दिए।
गत सोमबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि सिंह उपचारका लागि मेडिसिटी अस्पताल भर्ना भएका थिए।
सिंहको उपचारमा डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टोली सहभागि थियो ।अझै केही दिन घरमै पूर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सकहरु को टिम , अस्पताल ब्यवस्थापन , आफ्नो स्वास्थप्रति चासो राख्ने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तक पार्टीका नेता कार्यकर्ता, प्रेस संचारकर्मी सबै प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
घर फर्के पनि केही दिन आराम गरेर पार्टीको काम मा फर्कने उनले बताएका छन्। ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंह अस्पताल भर्ना भएका थिए।
Facebook Comment