तीन देशका गैरआवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एक आवासीयसहित तीन गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा ओहोदाका प्रमाणपत्र बुझाउनेमा नेपालका लागि रुसका आवासीय राजदूत अलेक्सी ए नोभिकोभ तथा गैरआवासीय राजदूत लक्जम्बर्गका जँ क्लाउड कुगेनर, गणतन्त्र लिथुआनियाका युलियस प्रनेभिएस र कुवेतका जसेम इब्राहिम जेएम अल्नाजेम थिए।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
प्रतिक्रिया
Facebook Comment