च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात

डिसी नेपाल
२ असोज २०८१ ७:४९

काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब भिएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, एन्टोनियो रुडीगेर र एनड्रीकले एक एक गोल गरेका हुन्। त्यस्तै स्टुट्टगार्टका लागि डेनिज उनडाभके एक गोल गरेका थिए।

रियल म्याड्रिडले अब च्याम्पियन्स लिगमा अर्को खेल अक्टोबर ३ मा फ्रेन्च क्लब लिलीसँग खेल्ने तालिका रहेको छ। त्यस्तै भिएफबी स्टुट्टगार्टले अर्को खेल अक्टोबर १ मा स्पार्ट प्राहसँग खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *