भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदै

डिसी नेपाल
२ असोज २०८१ ९:३०

भक्तपुर। भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । थिमिमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा हुन्छ । आजको जात्रामा मध्यपुर थिमि–४ का बासिन्दा विरेन्द्रभक्त श्रेष्ठले तेश्रो पटक जिब्रो छेडाउँदै छन् ।

जिब्रो छेडाउने व्यक्तिले झण्डै २५ किलोको महाद्धिप बोकेर खाली खुट्टा थिमिका विभिन्न मन्दिरको दर्शन गरेपछि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । यसरी पशुपतिनाथको दर्शन गरेपछि महाद्धिपसहित थिमिमा फर्केपछि जिब्रोमा छेडिएको १० इन्च लामो त्रिशुल आकारको सियो निकालिन्छ ।

जात्राको समापन बालकुमारी परिसरमा गरिन्छ । यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने विश्वास छ । मध्यपुर थिमिमा हरेक वर्ष आजका दिन र वैशाख दुई गते गरेर दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *