बालेनले किन गरे काठमाडौंबासीको अपमान ?

डिसी नेपाल
२ असोज २०८१ १०:३५

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंबासीको महान् सांस्कृतिक पर्व इन्द्रजात्राका दिन काठमाडौंवासीको अपमान गरेका छन्।

काठमाडौंवासीका लागि इन्द्रजात्रा निकै ठूलो चाड हो। यसको ऐतिहासिक महत्व त छँदैछ तर इतिहासदेखि यसप्रति सम्मान व्यक्त गर्न जुनसुकै शासन व्यवस्थाको समय भए पनि काठमाडौं नगरको प्रमुख सधैंव उपस्थित हुने परम्परा थियो।

सर्वसाधरणले यसपटक पनि त्यही अपेक्षा गरेका थिए जुन स्वभाविक र परम्परागत पनि थियो। तर, यसपटक इन्द्रजात्राजस्तो महत्वपूर्ण पर्वमा भारत गएर बसिदिए।

इन्द्रजात्राको तिथि वर्षदिन पूर्व नै निर्धारित हुन्छ त्यसैले त्यो समयमा अन्य कार्यत्रमहरु नराख्न बालेनलाई कुनै अफ्ठेरो थिएन। तर, उनले इन्द्रजात्राको इज्जत गर्ने मनस्थिति बनाएनन् यसपटक।

हुन त मेयर साह काठमाडौंका स्थानीयवासी रैथाने समुदायका हैनन्। तर, काठमाडौंका जनताले भारी मत दिएर उनलाई मेयर पदमा जिताएका त पक्कै हुन्। जनताको अपार माया पाएपछि ती जनताको इतिहास र संस्कृतिप्रति सम्मान प्रकट गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य हुनुपर्छ।

होला उनी मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छन् अथवा उनी मुलुकका राष्टपति रामचन्द्र पौडेललाई मन नपराउलान्। यी दुई औपचारिक पदधारी विशिष्ट व्यक्तिहरु इन्द्रजात्राको अवसरमा उपस्थित हुन अन्य कार्यक्रम स्थगित गर्न सक्छन् तर बालेन साह किन सक्दैनन्? के ओली वा पौडेलको रिस फेर्ने अवसर इन्द्रजात्राको पर्वमा अनुपस्थिति जनाएर हो? के इन्द्रजात्रा ओली वा पौडेलको जातीय वा पदीय पर्व हो? कदापि होइन।

तर, यसपटक सो कर्तव्यबाट मेयर साह च्यूत भए। उनका आसेपासेहरुले विश्वविद्यालयका पूर्वविद्यार्थीहरुको भेलामा भारत जानु परेकाले बालेन साह उपस्थित नभएको तर्क गरेका छन्। तर सो तर्क सान्दर्भिक देखिँदैन किनकि इन्द्रजात्रा अचानक साइत निकालेर आउने पर्व होइन।

बर्षदिन अघि नै पात्रोमै उल्लेख गरेर तय हुने भएकाले बालेनले आफ्नो कार्यक्रम सोही अनुरुप सजिलै मिलाउन सक्ने थिए। तर, उनले भारतको एउटा कुनै विश्वविद्यालयको पूर्वविद्यार्थीहरुको भेलाजत्तिको इज्जत पनि काठमाडौंवासीको महान् सांस्कृतिक पर्व इन्द्रजात्रालाई दिएनन्।

यसको अर्थ उनी काठमाडौंवासीको सांस्कृतिक संवेदनालाई सम्मान गर्दैनन् भन्ने पनि लाग्न सक्छ। यसतर्फ बालेनले ध्यान पुर्‍याएनन् भन्नु गलत हुन्छ बरु उनले जानीजानी इन्द्रजात्रालाई वेवास्ता गरेका हुन् भन्नेचाहिँ तथ्यहरुले प्रष्ट्याउँछन्।

होला उनी मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छन् अथवा उनी मुलुकका राष्टपति रामचन्द्र पौडेललाई मन नपराउलान्। यी दुई औपचारिक पदधारी विशिष्ट व्यक्तिहरु इन्द्रजात्राको अवसरमा उपस्थित हुन अन्य कार्यक्रम स्थगित गर्न सक्छन् तर बालेन साह किन सक्दैनन्? के ओली वा पौडेलको रिस फेर्ने अवसर इन्द्रजात्राको पर्वमा अनुपस्थिति जनाएर हो? के इन्द्रजात्रा ओली वा पौडेलको जातीय वा पदीय पर्व हो? कदापि होइन।

इन्द्रजात्रा काठमाडौंवासी नेवार समुदायको सदियौं पुरानो परम्परागत पर्व हो, काठमाडौंको जीवन हो, काठमाडौंको ढुकढुकी हो र त्यहांको ऐतिहासिकता र पहिचानको महत्वपूर्ण चाड हो। तर, इतिहासमा पहिलोपल्ट नै होला सायद् काठमाडौंका प्रमुखले इन्द्रजात्रालाई वेवास्ता गरेका छन् विना कुनै उचित कारण।

उनका लागि भारतको कुनै विश्वविद्यालयका पूर्वविद्यार्थीहरुको भेला काठमाडौंको इन्द्रजात्राभन्दा महत्वपूर्ण भैदियो। यसले काठमाडौंवासीको मन अवश्य नै दुखेको छ। प्रधानमन्त्री ओलीसँग उनका अनेकौं मतभेद होलान् तिनको राजनीतिक वा कानुनी समाधान होला।

तर, इन्द्रजात्रप्रतिको वेवास्ता र अपमानको कुनै कानूनी वा राजनीतिक समाधान छैन। यो कुनै वाहनावाजीले मेटिने चोट पनि होइन।इतिहास र परम्परामाथि उनले गरेको यो भद्धा मजाकको मूल्य कसरी चुकाउलान् त्यो समयले देखाउने छ।

बालेनले बुझ्नुपर्ने कुरा के हो भने उनी काठमाडौंका जनप्रतिनिधि हुन्। इन्द्रजात्रामा रमाउने जनताले उनलाई मत दिएर जिताएका हुन्। आफ्नो प्रतिनिधि आफ्नो खुसीमा आफूसँगै रमाओस् र खुसी र दुख दुवैमा साथ देओस् भन्ने जनअपेक्षा हुन्छ।

यसपटकको इन्द्रजात्राले वालेनको काठमाडौंवासीप्रतिको दृष्टिकोणको गम्भीरतामाथि गतिलो प्रश्न उठाइदिएको छ। भारतीय विश्वविद्यालयका पूर्वविद्यार्थीको कार्यक्रमभन्दा इन्द्रजात्रालाई कम महत्वपूर्ण ठान्ने काठमाडौंका मेयरले के काठमाडौंलाई प्रतिनिधित्व गरिरहन सक्लान्?

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर इन्द्रजात्रा जस्तो चाडमा महानगरका प्रमुख उपस्थित हुँदा राम्रो सन्देश जाने बताउँछन्। ‘सकेसम्म उहाँ (मेयर) ले यो पर्वमा उपस्थित हुनुपथ्र्यो। तर उहाँ अहिले नेपाल बाहिर हुनु भएकाले सहभागी हुन पाउनु भएन,’ मानन्धनले डिसी नेपालसँग भने, ‘इन्द्रजात्रामा महागरपालिकाको पं्रतिनिधित्व भएको छ।’ कुनै व्यक्ति सहभागी हुँदा गौरवान्वित हुनुपर्ने र नहुँदा अपमान नहुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *