कविता : भातमाराहरु 

प्रकाशचन्द्र खतिवडा
२ असोज २०८१ १३:३७
दर्जनाैं
लाशहरु
वेवारिश भेटिएका छन्
सनाखत हुनै नसकी
बेनाम, बेथर
मुकाम विहीन भएका छन्
समय
भावविह्वल छ
मान्छेहरु
शोक मग्न छन्
फूलमतीको खसम वेपत्ता छ
धनसरीको छोरो वेपत्ता छ
हर्षमानकी छोरी वेपत्ता छे
सायनाको बाबा वेपत्ता छ
क्रिष्टिनाकी आमा वेपत्ता छे
वेपत्ताहरुको
सूची लामै छ
वेपत्ताको खोजी गर्ने
छानविन आयोग कहाँ छ ?
भत्तावाल कुर्सीहरु भत्ता डकारि रहेछन्
छानविन आयोग किन मैन छ ?
वेवारिश लाशहरुको
कसरी हुन सक्छ अन्त्येष्टि ?
को जान्छ मलामी ?
कसले दिन्छ दाग वत्ति ?
कसले बनाउछ सामूहिक चिहान ?
कसले लेख्छ  शीला लेख ?
 कसले गर्छ श्रद्धान्जली सभा ?
कसले दिन्छ समवेदना ?
आफू मरेर
 देश बचाउनें प्रति
शहीदका सपनाहरु कता हराए ?
घाइते, अपाङ्गका राहात कता हराए ?
के गर्‍याै सरकार बनाएर?
शण्ड मुण्ड तह लाउन नसकी
कमिशन, तस्करी र सूदखोर
ज्यूँ का त्यूँ छ
के गर्‍याे तिम्रो परिवर्तनले ?
के गर्‍याे तिम्रो क्रान्तिले ?
देश झन झन ऋण ग्रस्त छ
के दियो तिम्रो समावेशिताले ?
के दियो तिम्रो आरक्षणले
के दियो तिम्रो संघीयताले ?
के दियो तिम्रो मौलिक हकले ?
के दिया तिम्रो संविधानले ?
लिखत मात्रै
ठूलो कुरा होइन रहेछ
व्यवहार परिवर्तन नभए पछि
जनता रोग, भोग र शोकले तनाव ग्रस्त छ
सरकार ढल्छ
सरकार बन्छ
यो नियमित प्रक्रिया हो
कसले उठाउँछ जन जीविकाका सवालहरु?
कसले उठाउँछ  कालापानी र लिपुलेकका कुराहरु ?
कसले उठाउँछ सुस्ता र महेशपुरका कुराहरु ?
कस्ले उठाउँछ टिष्टा र कांगडाका कुराहरु ?
सबै भातमाराहरु
एउटै ‘राउण्ड टेवलमा डिनर’ मा छन्
कुटे जस्तो र रोए जस्तो अभिनय गरेर
व्रम्हलुट मच्चाइ रहेछन
सरकार  खरबौको ‘बजेट पास’ गर्छ
यता लाशहरु नांगै छन्
कात्रो किन्ने दाम छैन्।
सुन्दरहरैचा-६, दुलारी मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *