म्यानमारमा बाढीका कारण दुई सयभन्दा बढीको मृत्यु, पाँच लाख प्रभावित

डिसी नेपाल
२ असोज २०८१ १४:४१

काठमाडौं । चक्रवात ‘यागी’का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । यस बाढीमा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको देशको सैनिक सरकारले जनाएको छ ।

८० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ । ‘यागी’ यस वर्ष एसियामा आउने सबैभन्दा शक्तिशाली आँधी पनि हो ।

आधिकारिक तथ्याङ्क अनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको सुरुमा आएको आँधीका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ ।

यागीका कारण म्यानमारमा बाढी, पहिरोजस्ता अवस्था सिर्जना भएको छ । धेरै गाउँ डुबानमा परेका छन् ।

साथै म्यानमारमा धेरै एकड जमिनमा लगाएको बाली पनि नष्ट भएको छ । यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघले ‘यागी’ नामको आँधीले राजधानी नेपिडावसहित म्यानमारका थप नौ राज्यमा विनाश गरेको जनाएको छ ।

म्यानमार पनि २०२१ देखि गृहयुद्धको सामना गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *