चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड, सिंगापुर र मलेशियामा

डिसी नेपाल
३ असोज २०८१ १०:४३

काठमाडौं। क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ। यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन्।

गत वर्षबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्ड बिदेशमा आयोजना गर्न सुरु गरिएको हो। यो अवार्ड गतवर्ष मलेशियामा आयोजना गरिएको थियो। यसपटक यो अवार्ड थाइल्यान्ड, सिंगापुर र मलेशियामा आयोजना गरिने पनि अध्यक्ष उमेश गुरुङले जनाएका छन्।

जसमा थाइल्यान्डमा अवार्ड समारोह र मलेशियामा साँगीतिक कार्यक्रम गरिने भएको छ। अवार्डमा सहभागी हुने कलाकारहरुले काठमाडौंबाट थाईल्यान्ड पुगेर अवार्ड ग्रहण गर्नेछन्। त्यसपछि थाईल्याण्डको घुमघामपछि सिँगापुरमा एक दिन बसेर मलेशिया जाने छन्। मलेशियामा सांगीतिक कार्यक्रमको प्रस्तुतिपछि घुमघाम गरेर नेपाल फर्कने आयोजक गुरुङले जानकारी गराएका छन्।

सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो। बिगत झै यसपटक पनि यो अवार्डलाई प्रतिस्पर्धामुलक रुपमा आयोजना गरिने भएको छ। अवार्डमा प्राप्त भएका सृजनालाई मनोनयन सार्वजनिक गरेर सो मनोनयनबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन्।

काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ। अवार्डको लागि यसपटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि अध्यक्ष गुरुङले जानकारी गराए।

जसमा २०८० साउनबाट २०८१ भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *