लेबनानमा हजारौंको संख्यामा भएको पेजर विस्फोटमा ताइवान किन विवादमा तानियो ?

डिसी नेपाल
३ असोज २०८१ १२:००

काठमाडौं । ताइवान सरकारले लेबनानमा पेजर मार्फत शृंखलाबद्ध बम विष्फोटको विषयमा आफ्नो अडान राखेको छ । वास्तवमा, अहिलेसम्म विस्फोट भएका पेजरहरू ताइवानको ब्रान्डका भएको अनुमान गरिएको छ।

अब ताइवानको अर्थ मन्त्रालयले लेबनानमा यी पेजरहरूको निर्यातसँग सम्बन्धित कुनै प्रत्यक्ष रेकर्ड नभएको बताएको छ।

ताइवानमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै मन्त्रालयले भन्यो, “गोल्ड एपोलो कम्पनीले सन् २०२२ देखि यस वर्षको अगस्टसम्म २ लाख ६० हजार पेजर निकासी गरेको थियो । ती सबै युरोप र अमेरिकामा निकासी गरिएको थियो।”

मिडिया रिपोर्टका अनुसार मन्त्रालयले यी पेजरहरूसँग विस्फोट गराउन सक्ने क्षमता नभएको पनि बताएको छ ।

मिडियामा उपलब्ध तस्बिरहरू देखेपछि कम्पनीले यो पेजर उनीहरुकै हो भन्ने शंका गरेको छ । निर्यात गरेपछि ती मेसिनमा छेडछाड भएको हुनसक्ने पनि कम्पनीको भनाइ छ ।

साथै, ताइवानी कम्पनी गोल्ड अपोलोका संस्थापकले पनि ब्लास्ट पेजरमा आफ्नो तर्फबाट कुनै पनि छेडछाड गरिएको कुरा अस्वीकार गरेका छन्।

कम्पनीका संस्थापक सु चेङ काङले युरोपको एउटा कम्पनीसँग सम्झौता गरेको र सो कम्पनीले यी मेसिनहरू बनाएर आफ्नो कम्पनीको नाम मात्र प्रयोग गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *