हङ्‍कङ प्रहरीले भेष बदलेर प्रदर्शनमा घुसपैठ गरेको स्वीकार

डिसी नेपाल
२८ साउन २०७६ ८:२६

बीबीसी । हङ्‍कङ प्रहरीले आफ्ना केही अधिकारीलाई आइतवार भएका सरकारविरोधी प्रदर्शनमा प्रदर्शनकारीको भेषमा खटाइएको स्वीकार गरेको छ।

ज्यादै हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पार्न त्यसो गरिएको उसले बताएको छ। प्रहरी प्रवक्ताका अनुसार केही अधिकारीले विभिन्न भेष बदलेर हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पारेका थिए।

आइतवार भएका झडपका बेला सन्दिग्ध प्रहरी अधिकारीले प्रदर्शनकारीलाई पक्राउ गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीको स्वीकारोक्ति आएको छ।प्रदर्शनकारीहरूले प्रहरीको व्यवहारको छानबिन गर्न माग गरेका छन्।

यसबीच धर्नामा बसेका सयौँ प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरू बाहिर निक्लिएपछि हङ्‌कङ विमानस्थल पुनः सञ्चालनमा आएको छ। उड्डयन अधिकारीहरूले केही घण्टामा त्यहाँ उडानहरू सुरु हुने बताए।

सोमवार उडानहरू स्थगित भएका थिए। सरकारविरोधी प्रदर्शनका बेला प्रहरीले अत्यधिक बल प्रयोग गरेको विरोधमा ती प्रदर्शन भएका थिए। अमेरिकी सिनेटका रिपब्लिकन नेता मिच मक्कनेलले प्रदर्शनकारीविरुद्ध हुने हिंसक कारबाही पूरै अस्वीकार्य हुने भन्दै चीनलाई चेतावनी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *