सुनको मूल्य बढ्यो

डिसी नेपाल
४ असोज २०८१ १०:४२

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *