बिग ब्यास लिगमा ‘माइक्रोचिप’ जडित बल प्रयोग हुने !

डिसी नेपाल
२८ साउन २०७६ ९:०४

एजेन्सी । अस्ट्रेलियाको घरेलु लिग बिग ब्यास आउँदो १४ डिसेम्बरदेखि सुरु हुने भएको छ । क्रिकेटमा भित्रिएको नयाँ प्रविधिका कारण यसपटक बिग ब्यास लिगको चर्चा अझ बढी हुनेछ । सेन्सर जोडिएको ब्याटको प्रयोग भइसकेको अब टी २० क्रिकेटमा अबको बिग ब्यास लिगबाट बलमा समेत ‘माइक्रोचिप’ जडान गरिने भएको छ ।

अस्ट्रेलिया क्रिकेटका लागि बल बनाउने कम्पनीले सेन्सर जडान गरिएको बल बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । यस्तो बलले बलरको गति, प्रि–बाउन्स र पोस्ट बाउन्स लगायतका कुराहरु थाहा पाउन सजिलो हुने तथा टीभी अम्पायरलाई पनि सही निर्णय लिनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

अष्ट्रेलियाको क्रिकेट बल निर्माण कम्पनि कुकाबुराले बलमा माइक्रोचिप राखेर बल निर्माण गरिरहेको छ । उक्त बलको नाम ‘द स्मार्ट बल’ राखिएको छ । कुकाबुराले यो बलको प्रयोग टेष्ट क्रिकेटमा गराउन चाहेको बताएको छ ।

स्मार्ट बलले अभ्यासमा समेत ठुलो मद्दत पुर्याउने छ । यसले जडित माइक्रोचिपले प्रशिक्षकलाई खेलाडीको कमजोरी सजिलै पता लगाउन सकिने बताइएको छ । स्मार्ट बल सामान्य बल जस्तै हुने भएकाले खेलमा कुनै असर नपर्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *