गैरआवासीय नेपाली संघ कतारको रक्तदान कार्यक्रम

सुरेश भट्ट
५ असोज २०८१ ६:५७

दोहा। गैरआवासीय नेपाली संघ कतारको आयोजनामा भएको रक्तदान कार्यक्रममा जना ३९ भन्दाबढी नेपालीहरूले रक्तदान गरेका छन्। गैरआवासीय नेपाली संघ र नेपाली रक्तदाता संघ कतारको समन्वयमा हमाद अस्पतालको ब्लड डाेनेसन सेन्टरमा कार्यक्रम सम्पन्न भएको महासचिव ध्रुवराज अधिकारीले जानकारी दिए।

‘रक्तदान नै जीवन दान हो, रक्तदान गरौं, अहिले गरौं, समय समयमा गरौं’ भन्ने नाराका साथ विविध गतिविधि गर्दै कतारमा रहेका नेपालीहरुले रक्तदान कार्यक्रम गर्दै आइरहेका छन्।

सामाजिक सेवाको लागि गैरआवासीय नेपाली संघ कतार सेवाभावले ओतप्रोत रहेको, नेपाली वा विदेशी जो कोहीले रगत अभावमा ज्यान गुमाउन नपरोस्, मानवीय र परोपकारी कार्यले अन्य देशका कम्युनिटहरु संग मैत्रीपूर्ण सम्बन्ध रहने हुँदा यस्ता कार्यक्रमको आवास्य्कता रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष सुनिल घिमिरेले बताए।

उक्त रक्तदान कार्यक्रममा एनआरएनए मध्यपूर्वका संयोजक रामचन्द्र पन्त, बुद्धिजिवि बुधवल गुरुङ लगायत कतारमा स्थापित सामाजिक तथा वैचारिक संस्था, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहिको बाक्लो उपस्थिति रहेको थियो।

विज्ञान र प्रविधिले विभिन्न आविष्कार गरिसक्दा पनि कृत्रिम रगत बनाउन नसकिरहेको परिप्रेक्ष्यमा स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित हुनेहुँदा मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि आजको आवास्यकता हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *