नामिबियामाथि युएईको कीर्तिमानी जित

डिसी नेपाल
५ असोज २०८१ ७:४८

काठमाडौं। युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ। शुक्रबार सम्पन्न खेलमा युएईले नामिबियाविरुद्ध कीर्तिमानी एक विकेटको जित हासिल गरेको हो।

नामिबियाले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। युएईले एकदिवसीय क्रिकेटमा तीन सयभन्दा बढी रनको लक्ष्य चेज गरेर जित हासिल गरेको पहिलो पटक हो।

युएईको जितमा विष्णु सुकुमारणले ९७ र बसिल हमीदले ७१ रन बनाएका थिए। त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले माइकल भान लिंगेनको १०७ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ३१३ रन बनाएको थियो।

यो जितपछि लिग-२ मा युएईको ५ खेलमा २ अंक भएको छ । त्यस्तै नामिबियाको भने १० खेलमा ८ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *