भारतले बंगलादेशलाई दियो ५१५ रनको लक्ष्य

डिसी नेपाल
५ असोज २०८१ १५:००

काठमाडौं। भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ।

जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउँदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको हो। भारतले पहिलो इनिंगमा पाएको २२७ रनको बढ्तका आधारमा बंगलादेशलाई विशाल लक्ष्य दिएको हो ।

भारतका लागि दोस्रो इनिंगमा शुभमन गिल र ऋषव पन्तले शतक बनाएका थिए।  गिलले अविजित ११९ रन बनाए भने पन्त १०९ रन बनाएर आउट भएका थिए।

यस अघि भारतले पहिलो इनिंगमा ३७६ रन बनाएको थियो भने बंगलादेश १४९ रनमै अल आउट भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *