नेदरल्याण्डका खेलाडी स्नाइडरले फुटबलबाट बिदा लिए

डिसी नेपाल
२८ साउन २०७६ १०:२३

एजेन्सी । नेदरल्याण्डका पूर्व मिडफिल्डर वेस्ली स्नाइडरले फुटबलबाट सन्यास लिएका छन् । च्याम्पियन्स लिग विजेता मिडफिल्डर स्नाइडरले मंगलबार व्यबसायिक खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

डच टिमबाट सर्वाधिक खेल खेल्ने फुटबलर स्नाइडरले अन्तराष्ट्रिय फुटबलबाट भने गत वर्ष नै सन्यास लिएका थिए । डच क्लब आयाक्सबाट फुटबल करियर गरेका स्नाइडरले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब इन्टर मिलान र टर्किस क्लब गलातासारेबाट खेलेका थिए ।

३५ वर्षे स्नाइडरले आयाक्सबाट १२६ खेलमा ४३ गोल गरेका थिए । सन् २००७ मा स्पेनिस क्लब आएका उनले रियलबाट ५२ खेलमा ११ गोल गरेका थिए । उनले रियलबाट एक पटक ला लिगा जितेका थिए । यस्तै सन् २००९ मा इटाली आएका उनले मिलानबाट ७६ खेलमा १३ गोल गरेका थिए । जोसे मोरिन्होको नेतृत्वमा उनले मिलानबाट च्याम्पियन्स लिग, सिरी ‘ए’ र कोपा इटालियाको उपाधि जितेका थिए ।

विश्वकप उपविजेता टोलीका सदस्य स्नाइडरले नेदरल्याण्डबाट १३४ खेल खेलेका थिए । सन् २०१० दक्षिण अफ्रिकाको विश्वकपमा नेदरल्याण्ड उपविजेता रहदा स्नाइडरले टिममा थिए । यस्तै सन् २०१४ को ब्राजिल विश्वकपमा नेदरल्याण्ड तेस्रो हुँदा उनि टिममा मुख्य खेलाडी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *