क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेस गोल रहित बराबरीमा रोकिएका हुन्।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको ५ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा छ। त्यस्तै क्रिस्टल प्यालेसको ५ खेलमा ३ अंक रहेको छ र लिगमा १६औ स्थानमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment