टिप्पणी

रविको यात्रा प्रधानमन्त्रीउन्मुख कि कारागारउन्मुख ?

विजयप्रसाद मिश्र
६ असोज २०८१ ११:०४

काठमाडौं। संसदीय छानविन समितिले तयार गरेको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भइसकेपछि छानविनको केन्द्रविन्दुमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, पूर्व उपप्रधान तथा गृहमन्त्री रविलामिछानेलाई कस्तो कारवाही हुन्छ भन्ने चर्चा चुलिएको छ।

कोही क्लिन चीट पाए, अब मिशन ८४ को प्रधानमन्त्री रविलामिछाने भनिरहेका छन् भने कोही अब रविलाई कानुनी कारवाही हुन्छ भन्ने ठोकुवा गर्नेहरु पनि छन्। कारवाही हुन्छ भन्नेहरुमा कोही हल्काफुल्का कारवाही होला भन्छन्।

कोही भविष्यमा निर्वाचन उठन नपाउने गरी कारवाहीमा पर्दछन् र राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा अरु कोही आउँछन् भनिरहेका छन्।

हुने के हो त? जनमत दुई धारमा छ। कोही प्रधानमन्त्रीउन्मुख भन्दैछन् भने कोही कारागारउन्मुख भन्दै छन्। यो दुबै पनि हुनसक्छ वा दुईमध्ये कुनै एकमात्र पनि हुन सक्छ। किनकी राजनीतिमा यस्तै हुन्छ।

संसदीय छानविन समितिको प्रतिवेदन पढ्दा र बैंकहरुको स्टेटमेन्ट पढ्दा यत्तिको गल्ति अन्य सर्वसाधारणले गरेको भए प्रहरीले उहिले कठालो समातेर हिरासतमा राखेर प्रक्रिया अघि बढाईसकेको हुने थियो। वा अदालतबाट म्याद थपेर कारवाही प्रक्रिया अघि बढाइसक्ने थियो।

तर यो विषयलाई राजनीतिकरण गरिएकोले प्रहरी पनि अलमलिएको छ। आदेशको पर्खाइमा छ। बाहिरी आदेशभन्दा पनि भित्री रणनीतिको जानकारीको पर्खाइमा छ। साच्चिकै प्रधानमन्त्री केपी ओली रबिलाई जेल कोच्न चाहन्छन् कि मिसन ८४ मा प्रधानमन्त्री भएको देख्न चाहन्छन्।

हुनत यसअघिका प्रहरीका प्रमुखले नै पहिले नै पोखराको सहकारी केशमा रवि लामिछानेको कुनै संलग्नता देखिएन भनेर संसदीय समितिमा दिएको बयानबाट नै प्रहरीले के गर्दछ भन्ने हेक्का भएकै हो। प्रहरी आदेशको पक्षमा जहिलेपनि हुन्छ। यसपटकको आदेश गृहमन्त्रीको मान्ने कि प्रधानमन्त्रीको मान्ने भन्नेमा प्रहरीमा दोधार हुनसक्छ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसद रविलाई दिएको क्लिन चीट, तथा तत्कालीन महान्यायधिवक्ताले समेत क्लिन चीट हुनेगरी दिएको पत्रलाई आधारमान्ने हो भने जसरी पहिलेका प्रधानमन्त्री रविको रक्षाकवज बनेर उभिएका थिए।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रविलाई जसरी पनि जेल कोच्नु छ। यसका लागि उनले पार्टीभित्रको आफ्नो कित्ता परिवर्तन गरेर बरु शेरवहादुर देउवा तर्फ लागेपनि रविलाई कारवाही गर्ने रणनीतिमा छन्।जसको संकेत पछिल्लो समय शेरबहादुर देउवाले रवि चतुर रहेको र उसले गल्ती गरेकै पो रहेछ भनेर गगन थापाको अनुहारमा चमक मात्र ल्याइदिएनन्। दुबै धार मिलेर रविलाई हदैसम्मको कारवाही गराउने र भविष्यमा गगनलाई साथ लिएर हिँडेर कांग्रेसलाई एकढिक्का भएको सन्देश दिन देउवाले कुनै कसर बाँकी राख्ने छैनन्।

त्यसैगरी अहिलेका प्रधानमन्त्री समेत २१ सिट, उपसभामुख र पहिले नेपाल टेलिभिजनमा कार्यक्रम संचलानका लागि अवसर जुराई दिने आफैं भएकोले पुरानो मित्रता नवीकरण गरेर अघि बढ्ने हुन कि भन्नेमा आशंका छ।

यसका लागि प्रधानमन्त्री केपी ओलीले संवैधानिक नियुक्तिहरु गर्दासम्म उपसभामुखको साथ चाहिएकोले केही महिना रबिको सहकारी र गोरखा मिडिया नेटवर्कको प्रकरणलाई कछुवाको गतिमा हिडाउने रणनीति लिने हुन कि भन्ने शंका नागरिकमा पैदा भएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रविलाई जसरी पनि जेल कोच्नु छ। यसका लागि उनले पार्टीभित्रको आफ्नो कित्ता परिवर्तन गरेर बरु शेरवहादुर देउवा तर्फ लागेपनि रविलाई कारवाही गर्ने रणनीतिमा छन्।

जसको संकेत पछिल्लो समय शेरबहादुर देउवाले रवि चतुर रहेको र उसले गल्ती गरेकै पो रहेछ भनेर गगन थापाको अनुहारमा चमक मात्र ल्याइदिएनन्। दुबै धार मिलेर रविलाई हदैसम्मको कारवाही गराउने र भविष्यमा गगनलाई साथ लिएर हिँडेर कांग्रेसलाई एकढिक्का भएको सन्देश दिन देउवाले कुनै कसर बाँकी राख्ने छैनन्।

रविको सरकारी काण्डले नेपाली कांग्रेस भित्र देउवा र गगनथापालाई नाटकीय ढंगले नजिक बनाउन सक्ने सम्भावनाहरु सृजना भने गरेको छ।

रविको २१ सिटको प्रभाव उनी दोषी हुन वा होइनन् भन्ने आधार नाप्ने मापन बनेको छ। २१ सिटले ५-६ करोडको हिनामिना गर्दा प्रहरीले मुद्दा चलाउन नसक्ने, ४० सिटेको मुद्दाहरु अदालतमा ‘हेर्दाहेर्दैको माकुरी जालमा’ अल्झिरहने, ८० सिटभन्दा बढी भएकाहरुको अरबका अरब घोटाला काण्डहरु सकभर पेलेर रफादफा गर्ने नसके सरकार नै परिवर्तन गरेर भएपनि प्रहरी र अन्य कारवाही गर्ने निकायहरुलाई शिर झुक्नेगरी काम गर्न बाध्य पार्ने परम्परा बनाउने प्रचलन छ।

रविले पनि अरुले त्यत्रो खान हुने हामी चाँही घाँस काटेर बस्ने हो र? चेक त काट्ने हो भनेर देखादेखि, हाक्काहाक्की, डंका बजाएर, दिउँसै डकैती गरेजस्तै गरी खाइराख्ने र अनेक राजनीतिक अवरोधका कारणले रविलाई चोख्याउन केही राजनीतिक पार्टी, केही वैदेशिक शक्ति र केही प्रायोजित अधिवक्ताहरु पनि लाग्नाले सहकारी पीडित नेपाली नागरिकहरु मार्कामा परिरहेका छन्।

हिसाव सोझो छ। बुटबलको सहकारीबाट रविको नाममा निकालिएको कर्जा बैंकमा जम्मा गरिदिने एक महिला कर्मचारी अहिले पनि थुनामा छिन्। रविको नाममा सहकारीबाट निकासा भएको पैसा उनले रविको समेत हस्ताक्षार चल्ने गोरखा मिडिया नेटवर्कको नाममा रहेको खातामा जम्मा गरेकी छिन्।

उक्त पैसा गोरखा मिडिया नेटवर्कको खाताबाट रवि लामिछानेले पेश्की लिएर आफ्नो खातामा हालेको देखिन्छ। उक्त पेश्की तलबबाट मिलान पनि गरिएको छैन। र, उनले गोरखा मिडिया नेटवर्क छोड्दा उक्त पेश्कीको हिसाव मिलान पनि गरेका छैनन्।

यसबाट पनि उनले उक्त पैसा बुटबलको सहकारीबाट सिधै आफ्नो व्यक्तिगत खातामा नलगि पहिले आफैंले हस्ताक्षर गर्ने संस्थाको खातामा र पछि पेश्कीको वहाना बनाएर आफ्नो खातामा लगेको देखिसकेपछि सिधा कान नसमातेर घुमाएर कान समातेको भनेजस्तै गरेका छन्। जुन अब रहस्य रहेन। संसदीय छानविन समितिको पूर्णपाठमा ती कुराहरु आइसकेका छन्।

पूर्ण पाठ पढ्दा रविलाई कारवाही गर्ने प्रशस्त आधारहरु छन्। उनका पार्टीका नेता कार्यकर्ताहरुले केही दिनको पाहुना हुन भनेर रविलाई केटाकेटी खेलाउने कोक्रोमा राखेर ‘लैलैला नानीलाई’ भनिदिएका मात्र हुन। सबैलाई थाहा छ जेल पर्ने दिनगन्ति शुरु भइसकेका रबिलाई थुम्थुमाउने र सुम्सुमाउने गतिविधि गरिरहेका छन्।

रविको पार्टीको अहिलेको २१ सिट र भविष्यमा आउन सक्ने ४० सिटको आँकलन गर्दै प्रचण्ड, केपी ओली दुबै आफू सहयोगी भएको देखाएर आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेका हुन कि भन्ने घटनाक्रमले देखाएको छ।

सूर्य थापाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा शुरुका दुई दिन मिडियामा लिएको अभिव्यक्ति र पछिल्लो समयमा दिएको अभिव्यक्तिमा फरक आउनुमा केपी ओलीले रविप्रतिको रणनीति परिवर्तन गरेको हो कि भन्ने आभाष देखिएको छ।

यदि यस्तै हो भने यो मुद्दाको राजनीतिकरण भएर हात्ती आयो हात्ती आयो फुस्सा पनि हुन सक्दछ। नेपाली कांग्रेसले यसलाई आफ्नो बटम लाइन बनाएर गृहमन्त्रीलाई दवाव दिएर प्रहरीलाई एक्शनमा आउन लगाएर एकदुई दिन वा एक दुई हप्ता रविलाई हिरासतमा राखेर अदालती प्रक्रियासम्म पुर्‍याउने र ठूला नेताहरुको अन्य मुद्दाहरुमा तारेखका तारेख, पेशीका पेशी, हेर्दा हेर्दैको हेर्दा हेर्र्द वा हेर्न नमिल्ने यीमध्ये कुनै प्रक्रियामा राखेर माकुराको जालो जस्तो घुमिरहने प्रक्रियामा मुद्दालाई लान पनि सक्दछन्।

यहाँ कसुर भन्दा प्रतिनिधिसभामा कतिवटा सिट छ भनेर हेर्ने गरिन्छ। २१ सिट नै रबिको ब्रम्हास्त्र हो। यसले उनलाई गोर्खा मिडिया नेटवर्कको फण्डाबाट बचाउन सक्दछ। कानुन पल्टाउने हो भने त उनी उहिल्यै अपराधिहरु राखिने खोरमा हुनु पर्ने हो। तर २१ सिटले उनलाई पटक पटक गृहमन्त्री बनाएको छ। उपप्राधानमन्त्री बनाएको छ। नेपाल हो यहाँ जे पनि हुन सक्छ। नेपालको कानुन दैवले जानुन भन्ने गरिएको धेरै भइसक्यो।

मिशन ८४ मा रविआफै प्रधानमन्त्री बन्न सक्ने हुन कि भन्ने आशंका केपी ओलीलाई भएमा उनी नेपाली कांग्रेसकै लाइनमा गएर द्रूतमार्गबाट रबिलाई कारवाहीको प्रक्रिया शुरु हुन्छ र अबको एक-दुई महिनामा नै उनको सांसद पद चैट पनि हुन सक्दछ। तर राजनीति हो।

यहाँ कसुर भन्दा प्रतिनिधिसभामा कतिवटा सिट छ भनेर हेर्ने गरिन्छ। २१ सिट नै रबिको ब्रम्हास्त्र हो। यसले उनलाई गोर्खा मिडिया नेटवर्कको फण्डाबाट बचाउन सक्दछ। कानुन पल्टाउने हो भने त उनी उहिल्यै अपराधिहरु राखिने खोरमा हुनु पर्ने हो। तर २१ सिटले उनलाई पटक पटक गृहमन्त्री बनाएको छ। उपप्राधानमन्त्री बनाएको छ। नेपाल हो यहाँ जे पनि हुन सक्छ। नेपालको कानुन दैवले जानुन भन्ने गरिएको धेरै भइसक्यो।

हामी अपराधकर्म गर्ने नेतालाई के हुन्छ भनेर यकीन भन्न सक्ने अवस्थामा छैनौं। तर सहकारी पीडितको रकम सबैले फिर्ता पाउन सक्दैनन् होला भन्ने अनुमान लगाउन सक्दछौं। किनकि जहाँ पनि रविलाई कारवाही हुन्छ कि हुँदैन भन्नेमा नै बहस केन्द्रित छ।

शारीरिक परिश्रम गरेर गरिब नागरिकहरुले सहकारीमा राखेका पैसा फिर्ता हुन्छ कि हुन्न भन्नेमा बहस कम नै भएको छ। मासिक ६ लाख तलब गरिबले मिहिनेत गरेर सहकारीमा जम्मा गरेको पैसाबाटै कानुनी प्रक्रिया मिचेर गोरखा मिडिया नेटवर्कमा ल्याइएकोबाट खाएको हुँ भन्ने सक्ने अवस्था रविको छैन।

किन भने उनलाई मिशन ८४ पछि प्रधानमन्त्री हुनु छ। झिनामसिना कुरामा अल्झिएर बस्ने उनको स्वभाव छैन। नेपाललाई भुटानी मोडलमा लान ढिलो भैसकेको छ भन्ने पक्षधरको प्रचारक बौद्धिक गायक स्वर्णीम वाग्लेको सल्लाहमा हिड्न थालेका रबिलाई कारवाही होला भन्नेमा झनै पत्यार लाग्न छोडेको छ।

रवि अब नेपालका भुँइमान्छेको मतलाई टेकेर भुटानी मोडलमा लाने खुट्टा उठाएर बसेका माओवादी नेता प्रचण्डको असल मित्रमा परिवर्तन भएका छन्। यसले पनि रवि कानुनी कठघरामा उभिनु नपर्ने वातारण सृजना गर्दैछ।

त्यसैले एमाले, माओवादी र भारतीय वा चिनियाँ शक्तिको जोड चल्यो भने रविले क्लिन चीट पाएको पायै हुन्छ। तर नेपाली कांग्रेस, नेपालका भूइँमान्छे र नेपाली कानुनको जोड चल्यो भने रविलाई कारवाही हुन्छ। केही दिन हिरातमा त हुन्छन् नै तर जेलजीवन भने यकीन भन्न सकिन्न।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *