भानुभक्त मेमोरियल विद्यालयले मनायो अभिभावक दिवस

डिसी नेपाल
६ असोज २०८१ ११:५५

काठमाडौं। आदिकवि भानुभक्तका नाममा स्थापित काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयले एक कार्यक्रम गरी अभिभावक दिवस सम्पन्न गरेको छ।

विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीद्वारा गीत, संगीत, नृत्य, नाटक आदि प्रस्तुत गरिएको थियो। कार्यक्रमा विभिन्न जातजातिका साँस्कृतिक भेषभूषा झल्कने पहिरन प्रदर्शन पनि गरिएको थियो। प्रमुख आकर्षकको रुपमा लाखे नृत्यले भने दर्शक दीर्घालाई आकर्षण गरेको थियो।

उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका इन्जिनियरिङ संकायका डिन डा. मनिष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने विशेष अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अश्वथामा भक्त खरेल रहेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय निरञ्जन पौडेल र माया महर्जनको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई इन्चार्ज हरिराम रानाले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए। उनले अभिभावकको समन्वयबाट नै विद्यार्थीहरुको सिप विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

प्रमुख अतिथिका रुपमा आफ्नो मन्तव्यका क्रममा अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणीय सम्बन्धले नै विद्यार्थीको समग्र विकास हुने आशय व्यक्त गरेका थिए। कार्यक्रम संचालन विद्यालयका शिक्षिकाद्वय वन्दना श्रेष्ठ र निर्मला सिग्देलबाट भएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुंगानले गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *