२० वर्षअघि आत्महत्या गर्ने असफल प्रयास गरेको आफैंले बिर्सिए, २० वर्षपछि…

डिसी नेपाल
२८ साउन २०७६ १०:४३

शेनजेन। चीनमा एक व्यक्तिले २० वर्षअघि आत्महत्या गर्ने प्रयास गरेका थिए तर उनको प्रयास सफल भएन । उनले आत्महत्या गर्नको लागि दाँत माझ्ने ब्रस नै निलेका थिए । पछि उनले त्यो ब्रश निलेको कुरा विस्तारै बिर्सिए । २० वर्षपछि अहिले डाक्टरले उनको पेटको अपरेशन गरेर त्यो ब्रश निकालेका छन् । ब्रश देखेपछि बल्ल उनले २० वर्षअघिको कुरा सम्झिएका छन् ।

चीनको गुआंगडोंग प्रान्तको शेनजेन शहरमा डाक्टरहरुले ती व्यक्तिको पेटबाट ब्रश निकालेका हुन् । ५१ वर्षका यी बिरामीको नाम ली बताइएको छ । उनी जून महिनाको अन्त्यमा धेरै पेट दुखेपछि अस्पताल भर्ना भएका थिए । उनको सिटी स्क्यान गर्दा डाक्टरले उनको पेटमा अनौठो वस्तु देखेपछि उनको अपरेशन गरेका थिए । ब्रश निस्किएपछि यसबारे डाक्टरहरुले लीलाई सोधे । त्यसपछि बल्ल उनलाई २० वर्ष पुरानो घटना याद आयो ।

त्यतिबेला ली एचआइभी संक्रमित भएका थिए । त्यसैले तनावमा आएर उनले ब्रश निलेर आत्महत्याको प्रयास गरेका थिए । तर, उनको प्रयास विफल भयो । ब्रस पनि आरामले पेटभित्र रह्यो र यति वर्षम्म उनलाई कुनै समस्या भएन । आतमहत्याको प्रयास विफल भएपछि उनी परिवारमा यतिसम्म व्यस्त भए कि उनले ब्रशको बारेमा बिर्सिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *