परराष्ट्रमन्त्री राणासँग फिनल्यान्डका मन्त्रीको भेट
वासिङटन डिसी। परराष्टमन्त्री आरजु राणा देउवा र फिनल्यान्डका वैदेशिक व्यापार र विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच भेटघाट भएको छ।
भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्यान्डबीच भएको मैत्रीपूर्ण, आत्मीय र सहकार्यको नेपालले उच्च महत्त्वका साथ लिएको बताइन्। विगत ५० वर्षदेखि नेपालको सामाजिक आर्थिक विकासमा फिनल्यान्डले पुर्याउँदै आएको सहयोगका लागि मन्त्री राणाले आभार व्यक्त गरिन्।
नेपाल र फिनल्यान्डबीच सेप्टेम्वर २१, १९७४ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ।
प्रतिक्रिया
Facebook Comment