दुर्गा प्रसाईंका समर्थकले झापामा जलाए तीन वटा ट्रक

डिसी नेपाल
७ असोज २०८१ ११:११

झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गएराति ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन्।

प्रसाईंका समर्थकले गए राति ११ बजे बिरिङ पुल नजिकै युपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए। चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ।

त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट नजिक डब्लूबी-७३ ई-३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ। ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन्। उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाइ छ। नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।त्यसैगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी-७३ ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *