इजरायलद्वारा लेबनानमा आक्रमण, सयभन्दा बढीको मृत्यु

डिसी नेपाल
७ असोज २०८१ १९:१६

काठमाडौँ । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ। इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ। लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ।

इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए। हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह गरेका छन्।

आईडीएफका अनुसार हिजबुल्लाहले हालै इजरायलमा १५० रकेट प्रहार गरेको छ। यसको जवाफमा इजरायलले आफ्नो कारबाहीलाई तीब्र बनाएको छ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग कुराकानी गरेका छन्। ग्यालान्टले अमेरिकी रक्षामन्त्रीलाई हिजबुल्लाहको खतरा र इजरायलले यसविरुद्धको कारबाहीबारे जानकारी गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *