नेपाल आइडल करण परियारको पहिलो म्युजिक भिडियो सार्वजनिक हुँदै

डिसी नेपाल
८ असोज २०८१ ७:०५

न्यूयोर्क। चर्चित युवा गायक, नेपाल आईडल सिजन-५ विजेता करण परियारले पहिलो पटक म्युजिक भिडियोमा मुख्य पात्र मोडल बनेर अभिनय गरेका छन्।

करण परियारले गायनका साथै पहिलो पटक अभिनय गरेको म्यूजिक भिडियो अमेरिकामा रहेका करणका सुभचिन्तकहरूले प्रायोजन गरेका हुन् भने करणकै सर्वाधिकार रहने गरी करण परियार यूट्यूब च्यानलबाट यही अक्टोवर १ तारिख सार्वजनिक गर्ने तयारी गरिएको अमेरिका संयोजक शशी सिंहले जानकारी गराएका छन्।

प्रसिद्ध संगीतकार संगीतरत्न संगीतकार शम्भुजित बास्कोटाले प्रदीप परियार थापाको रचना “तिम्रै आँखाबाट संसार हेर्ने मन छ” मा सुमधुर संगीत भरेका छन् भने करण परियार र सोह्र वर्षीय किशोरी गायिका जारा रीत प्रसाईंको युगल स्वर रहेको छ।

जारा वरिष्ठ संगीतकार बास्कोटाकी नातिनी हुन्। म्यूजिक भिडियोमा गायक करणकासाथ चर्चित बहिरा कलाकार मोडल, नायिका सुजल बम र गायिका, मोडल एवं अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता तेक्वाण्डो खेलाडी नन्दा बस्यालको अभिनय रहेकोछ। म्यूजिक भिडियोको निर्देशन चर्चित कोरियोग्राफ़र मौसम हिमालीको रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *