सुनको मूल्य अहिलेसम्मकै उच्च

डिसी नेपाल
८ असोज २०८१ ११:०१

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ।

चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *