‘१०० औं स्वतन्त्रता दिवस मनाउँदा कश्मिर भारतमा रहने छैन’

डिसी नेपाल
२८ साउन २०७६ ११:५५

नयाँ दिल्ली। जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० खारेज गरिएको विषयमा भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र एमडीएमके प्रमुख वाइकोले प्रतिक्रिया दिएका छन् । वाइकोले सोमबार भने ‘जब भारतले आफ्नो १०० औं स्वतन्त्रता दिवस मनाइरहेको हुनेछ, त्यतिबेला कश्मिर भारतको हिस्सा हुने छैन ।’

कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहले आहिले देश गहिरो संकटमा गएको बताए । उनले सरकारले जम्मु कश्मिरका जनताको आवाज सुन्नुपर्ने बताए । मनमोहन सिंहले भने ‘यो निर्णय देशका कैयौं जनतालाई मन परिरहेको छैन । यी सबैको कुरा सुनिनु जरुरी छ । उनहिरु देशको लागि सोच्छन् त्यसैले आफ्नो आवाज उठाइरहेका छन् ।’ मनमोहन सिंहले पहिलो पटक यो मुद्दामा बोलेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *