क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोपमा प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

डिसी नेपाल
८ असोज २०८१ २३:४८

काठमाडौं। क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौंका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक प्रजित केसीको नेतृत्वको गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले क्रिप्टो कारोबारीसँग सम्पर्क रहेको पाएपछि समिति बनाएर अनुसन्धान गरिएको र आज थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै परिसरमा प्रतिवेदन पठाइएको राससलाई जानकारी दिए।

यसरी अनुसन्धान गरिएकामा प्रहरी हवल्दार गणेश खड्का र जवान साजन शर्मा रहेका छन्। उनीहरूमाथि पक्राउ परेका क्रिप्टो कारोबारीलाई ५० लाख असुलेर छाडेको आरोप लागेको छ।

सो विषयमा परिसरले पनि प्रहरी उपरीक्षक नवराज अधिकारी नेतृत्वका छानबिन समिति बाएर अनुसन्धान गरेको थियो। क्रिप्टो कारोबारी अहिले फरार रहेकाले उनी पक्राउ परेपछि अझै थप कुरा खुल्ने पनि उपत्यका प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *