आल्भेजमाथि रियल म्याड्रिडको जित

डिसी नेपाल
९ असोज २०८१ ८:२६

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा लुकास भाज्क्वेज, किलियन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए। त्यस्तै आल्भेजका लागि कार्लोस बेनाभिडेज र किके गार्सियाले एक एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै आल्भेजको ७ खेलमा १० अंक रहेको छ र लिगमा ८औं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *