बंगलादेशका सेना प्रमुखले भने– ‘अन्तरिम सरकारलाई जुनसुकै अवस्थामा समर्थन गर्छु’

डिसी नेपाल
९ असोज २०८१ १०:३०

काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै देशमा ठूला सुधारहरू पूरा गर्न अन्तरिम सरकारलाई हरसम्भव सहयोग गर्ने बताएका छन् । उनले देशमा आगामी डेढ वर्षमा चुनाव गराउन सकियोस् भन्ने उद्देश्यले यस्तो सहयोग गरिने बताए ।

रोयटर्ससँगको अन्तर्वार्तामा जनरल वकारले भने, “जे भए पनि म उनीहरूसँगै उभिनेछु, ताकि उनीहरूले आफ्नो मिशन पूरा गर्न सकून्।”

अन्तरिम सरकारका प्रमुख युनुस खानले कार्यभार सम्हालेपछि मुलुकमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन न्यायपालिका, प्रहरी र वित्तीय संस्थामा आवश्यक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

बंगलादेशका सेना प्रमुखले एकदेखि डेढ वर्षभित्र लोकतान्त्रिक प्रणाली लागू गर्नुपर्ने बताए । उनले राजनीतिक दलहरुसँग संयमता अपनाउनुपर्नेमा पनि जोड दिए ।

उनले भने, ‘मलाई सोध्ने हो भने म भन्छु कि हामी लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने समय यही हुनुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *