पूर्व शिक्षाविद् हरिनी अमरसूरिया श्रीलंकाको तेस्रो महिला प्रधानमन्त्री नियुक्त

डिसी नेपाल
९ असोज २०८१ १०:४३

काठमाडौं । श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बनेको यो तेस्रो पटक हो ।

दिसानायकेले मङ्गलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनलाई न्याय, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दिसानायके र अमरसूर्या दुवै वामपन्थी ‘राष्ट्रिय जनशक्ति’ गठबन्धनका सदस्य हुन्। यो गठबन्धनसँग २२५ सिट भएको श्रीलंकाको संसदमा जम्मा तीन सिट छ ।

आगामी दिनमा श्रीलंकामा संसदीय निर्वाचन हुने भएकाले अन्तरिम मन्त्रिपरिषद्को बाँकी जिम्मेवारी पार्टीका अन्य दुई सांसदलाई बाँडिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार पार्टीका सदस्य नमल करुणारत्नेले भने, “हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *