अमेरिका पुगेर प्रधानमन्त्रीले बोलेको त्यो झुठ

पूर्ण ओली
११ असोज २०८१ ९:३५

म केही दिन अगाडि बालकुमारीको एउटा पोलिक्लिनिकमा पुगेको थिएँ। त्यहाँ तराइवासी युवाको जमात देखेर मैले सोधे तपाईंहरु किन हुल कसेर यहाँ आउनु भएको? कतार जानका लागि मेडिकल गर्न आएको उनीहरुको जवाफ थियो।

मैले सोधे ‘तपाईंहरुसँग आफ्ना जग्गा छैनन जहाँ तपाईंहरुले अन्नबाली तथा तरकारी खेती गर्न सक्नु हुन्न? उनीहरुको जवाफ थियो-केही जग्गा छ बर्खामा बाढीले सबै डुवान हुन्छ, हिउँदमा सुक्खा हुन्छ अनि कसरी तरकारी खेती गर्ने? बरु अरबतिर गए परिवारको गुजार टार्न सकिन्छ’ भनेर जवाफ दिए।

उता नेपालका प्रधानमन्त्रीले अमेरिका पुगेर युवाहरुलाई स्वदेश फर्केर केही गर्न सुझाव दिन्छन्। उनले अहिले युवाहरु स्वदेश फर्कनेको संख्या बढेको छ भने। तर त्यो सत्य होइन। बिकसित देशमा गएका युवा स्वदेश फर्कनेको संख्या नगन्य छ।

तर अरबमा गएका युवाहरु केही वर्ष काम गरेर स्वदेश फर्कने अनि फेरि उतै फर्कने प्रकृया चलिरहेको छ। किनकि युवालाई स्वदेशमै राख्न सक्ने योजना तथा नीति सरकारको केही पनि देखिँदैन। केही गर्न खोज्ने युवालाई पनि हाम्रा भ्रष्ट कर्मचारीले हतोत्साही पार्छन्।

बैंकले युवालाई ऋण दिन पत्याउँदैनन्। युवाहरुमा सिपको कमी भएकाले स्वरोजगार बन्न कठिन छ। गाउँका जग्गा जमिन खाली छन् तर सिचाईंको अभावमा अन्नबाली उत्पादन गर्न सक्तैनन्। नेपाली अग्र्यानिक फलफूल तरकारी बजारमा पुग्न पाउँदैनन्। शिर्फ बिदेशी सढेगलेका केमिकल हालेका फलफूल खान बाध्य पारिन्छ।

तराइका खेतबारीमा सिचाईंको अभाव र नदीमा तटबन्ध नभएकोले बर्षामा सबै जमिन डुवान हुनाले समस्या छ। यसतर्फ सरकारको ध्यान गएको छैन। तराइका नदी खोलामा तटबन्धन बनाउने बृहत योजना गरी कार्यन्व्यन गर्ने हो भने लाखौं उर्बरा जमिन खेतीयोग्य बनाउन सकिन्छ। यस्ता जग्गामा सुकुम्बासीलाई पनि राख्न सकिन्छ।

अहिले बारम्बार उठ्ने गरेको गाँजाखेती गरिब किसानलाई लगाउन दिने हो भने लाखौ किसान लाभान्वित हुनेछन्। यसको लागि आवश्यक नीति नियम शिघ्र बनाउन आबश्यक छ। यसमा केही सांसद र जनता अहोरात्र कराए पनि प्रधानमन्त्री र उनका सल्लाहकारको कानमा बतास लागेको छैन।

शायद यही बिषयमा कुनै धनाढ्यले यसबाट यति लाभ हुन्छ यति कमिसन आउँछ भनेको भए यो पहिले नै कार्यन्वयन भइसक्ने थियो। किनकि अहिले कमिसन बिना कुनै काम नहुने कुरा यथार्थ भइसकेको छ। गाँजालाई पहिला अमेरिकाको कारणले अबैध बनाएको थियो।

अहिले अमेरिका, बेलायत, अष्ट्रेलियालगायत प्राय धेरै बिकसित देशले गाँजा उत्पादन गरि यसलाई औषधिको रुपमा उपयोग गरी फाइदा लिइरहेका छन्। हामी किसानलाई फाइदा हुने बिदेशी डलर आउने कुरा औषधिको लागि अति उपयोगी गाँजा बिदेशबाट आयत गरिरहेको छौं।

नेपालमा उत्पादित गाँजा निकै गुणस्तरीय भएको र यसबाट कपडालगायत धेरै किसिमका औषधि बनाउन सकिन्छ भनेर सम्बन्धित बिज्ञहरुले बारम्बार भनिरहेका छन्। यदि यसलाई शिघ्र बैध गरी कार्यन्वयन गर्ने हो भने तराईलगायत पहाडी जिल्लाका युवा यसको उत्पादनमा लागि अत्यधिक युवाहरु स्वदेशमा फर्कन सक्छन्। त्यसपछि प्रधानमन्त्रीले भन्न सक्नुहुन्छ हाम्रा युवाहरु स्वदेशमा फर्कने थाले।

अहिले मिडियाको समय छ सबैकुरा लुकाउन सकिँदैन। स्वदेश बिदेशका हरेक हर्कत संसारभर फैलिन कुनै समय लाग्दैन। त्यही भएर सरकारले गरेका हरेक काम कारवाही सबै जनताले छर्लङ थाहा पाउँछन्।

साँच्चै भन्ने हो भने सरकारले गरिब जनताको आवाजलाई कुनै ध्यान दिँदैन र उनीहरुको लागि खासै काम गरेको देखिँदैन। धनाढ्य ब्यापारीको हितमा बोल्ने प्रधानमन्त्रीले किसानको हितमा किन बोल्न र गर्न सक्तैनन्?

प्रसंग बदलौं, अहिले दुर्गा प्रसाईं साइबर क्राइमको अपराधमा प्रहरी हिरासतमा छन्। शायद उनले इशारा गरेको भए उनका समर्थकले प्रहरीलाई पक्राउन गर्न दिने थिएनन्। दुर्गा प्रसाईं सजिलै प्रहरीलाई सहयोग गर्दै कुनै बाधा बिरोध बिना सँगै गए।

किन आज तल्लोतहका भँंइमान्छे, किसान, मजदुर , लघुबित्त पीडित, सहकारी पीडित, बिदेशमा पीडित सबै दुर्गा प्रसाईंको शरणमा गएका छन्। किनकि सरकारले गर्नुपर्ने काम दुर्गा प्रसाईंले आफ्नै खर्चमा गरेका छन्। उनका घरमा अहिले हजारौं पीडित जनता भेला भएर त्यहीँ खाना खाएर बसेका छन्।

उनीहरुले चाहेको भए दुर्गा प्रसाईंलाई पक्राउ गर्न निकै कठिन हुनसक्थ्यो। तर सरकारले पुरानो निबेदन निकालेर एकजना महिलालाई अघि लगाएर उनलाई पक्राउ गरेको देखियो। ठिक छ दुर्गा प्रसाईंले महिलालाई गर्नुपर्ने सम्मानमा केही कमी देखियो।

उनले आफ्नो बोलीमा लगाम लगाउनु पर्छ। शायद महेश बस्नेतले दुर्गा प्रसाईंलाई कालो नपोतेको भए उनी यसरी सकृय भएर अगाडि बढ्ने थिएनन् होला। शायद अब दुर्गा प्रसाईं थुनुवाबाट बाहिर आएपछि झनै बलियो भएर जनतासमक्ष आउने हुन् या सरकारले उनीसँग केही सम्झौता गर्छ।

यो भविष्यमा देखिन्छ। सम्झौताको अर्थ संबिधान संशोधन गरि राजसंस्थासहित हिन्दुराष्ट्र तथा प्रदेश सरकार हटाउने हुनसक्छ। अनि लघुबित्त पीडित जनतालाई राहत दिने काम हुनसक्छ।

अर्कोतर्फ स्वतन्त्र पार्टीका रवि लामिछानेलाई सहकारीको मुद्दामा कारवाही गरी पक्राउ गर्न चर्चा छ। उनीसँगै कांग्रेसका धनराज गुरुङलाई किन कारवाही अघि बढाइएन। यसबाट सरकारले पक्षपातपूर्ण रबैया अपनाएको देखिन्छ। यी सबै कारणले जनमानसमा सरकारप्रति आक्रोश बढ्दैछ।

त्यसैले प्रधानमन्त्री केपी ओली स्वदेश फर्केपछि देशमा अशान्ति बढेर सरकार नै ढल्न सक्छ या संविधानमा आबश्यक संशोधन गरि जनतालाई मत्थर पार्ने हो यो भविष्यमा देखिन्छ। राप्रपाले पनि छठ पर्वपछि देशब्यापी रुपमा आन्दोलन छेड्ने जनाउको छ।

त्यसैले बिरोधी दल सबै मिलेर सदन र सडक आन्दोलनमा उत्रेपछि सरकारलाई अबश्य पनि निकै अपठ्यारो पर्नेछ। आखिरमा जनता नै हुन मारमा पर्ने। देशमा महँगी र कालोबजारी तथा भ्रष्टचार कहालिलाग्दो किसिमले बढिरहँदा पनि सरकार पूरा निकम्मा भएको देखिन्छ।

ठूला भ्रष्टलाई लुकाउँदै जाने अनि आफ्ना बिरोधीलाई मात्र तह लगाउने किसिमले मात्र सरकारले कारवाही अघि बढाउने हो भने त्यसको प्रतिक्रिया अबश्य पनि अत्यन्त अप्रिय हुने नै छ। त्यसैले सरकारले जनताको मन जित्ने कारवाही गर्न सकेन भने नेपालमा फेरि पनि आन्दोलन हुनसक्छ । जसले ठूला भ्रष्टहरुलाई अबश्य पनि बढार्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *