युक्रेनी सहर खार्किभमा रुसद्वारा नयाँ कोणबाट आक्रमण

डिसी नेपाल
९ असोज २०८१ १३:४३

काठमाडौं । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ कोणबाट आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

अधिकारीहरूले मंगलबारबाट सुरु भएको आक्रमण गाईडेड ग्लाइड बमहरूद्वारा गरिएको बताएका छन्। चार जिल्लामा आक्रमण भएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । उनले भने – यो स्पष्ट छ कि उनीहरूको आक्रमणको लक्ष्य युक्रेनी नागरिकहरू थिए।

युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ ।

मंगलबारको हमलापछि जालेन्स्कीले रुसी आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर साझा गर्दै विज्ञप्ति जारी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *