विराटनगरमा इलेक्ट्रिक साइकलको सोरुममा आगलागी

डिसी नेपाल
९ असोज २०८१ १८:३३

विराटनगर। मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुँदा करोडौंको क्षति भएको छ।

बुधबार दिउँसो मुनालपथमा रहेको इलेक्ट्रिक मोटरसाइकल र बाईक विक्री गर्ने भव्या इन्टरनेशनलमा आगलागी भएको थियो। कोशी राजमार्गमा पर्ने सो पसलमा इलेक्ट्रिक बाइक मर्मत गर्ने क्रममा आगलागी भएको बताइएको छ।

आगलागीबाट इलेक्ट्रिक बाइक, स्कुटी, ब्याट्री लगायतका सामग्रीहरु जलेको र करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको सो पसलका सञ्चालक मनिष बंशलले जानकारी दिए।

नेपाल प्रहरी, नगर प्रहरी र नेपाली सेनाको सहयोगमा विराटनगर महानगरनगरपालिकाको ३ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *