आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

डिसी नेपाल
९ असोज २०८१ २०:५४

काठमाडौं। इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ।

बेलायतका प्रधानमन्त्री केयर स्टाररले बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई लेबनान छोड्न अपिल गरेका छन्।

साथै बेलायतको रक्षा मन्त्रालयले लेबनानबाट बेलायती नागरिकलाई बाहिर निकाल्न ७०० सैनिकको फौज पठाउने भएको छ। बेलायती सरकारले पनि नागरिकलाई लेबनान नजान सल्लाह दिएको छ। हाल करिब १० हजार बेलायती नागरिक लेबनानमा बस्दै आएका छन्।

अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, साउदी अरेबिया, दक्षिण कोरिया र अमेरिकालगायत धेरै देशले पनि आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह गरेका छन्।

इजरायलका अनुसार बुधबार हिजबुल्लाहले तेल अवीवतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसलाई रोक्न इजरायल सफल भएको थियो। हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *