नेपाल र सर्बियाबीच भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर

डिसी नेपाल
१० असोज २०८१ १०:२२

काठमाडौं। नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको हो ।

हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *