इजरायल-लेबनान द्वन्द्व : अमेरिका र युरोपेली संघले ल्याए २१ दिने युद्धविरामको प्रस्ताव

डिसी नेपाल
१० असोज २०८१ ११:४८

काठमाडौं । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल प्रभावका साथ २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् ।

११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका छन्।

अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन् ।

यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको छ । यो लेबनान र इजरायलका जनताको हितमा छैन।

युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखले गरेको घोषणापछि गरिएको हो, जसमा उनले हवाई हमलापछि इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा जमिन आक्रमणको तयारी गरिरहेको बताएका थिए ।

इजरायलले विगत तीन दिनदेखि लेबनानमा रहेको हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब ५०० जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *