प्रचण्डको ठोकुवा- वर्तमान सत्ता गठबन्धन छिट्टै भत्किन्छ

डिसी नेपाल
१० असोज २०८१ १७:२९

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन छिट्टै भत्किने ठोकुवा गरेका छन्।

बिहीबार कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले कांग्रेस एमालेको गठबन्धन धेरै नटिक्ने दाबी गरेका हुन्।

‘कांग्रेस एमाले त्यति लामो समयसम्म् मिल्दैनन्। कुहिएर झर्छन् त्यसपछि हामीले के गर्ने सोच्नुपर्छ ।’, उनले भने, ‘कांग्रेस एमाले मिलेपछि हामीले धन्यवाद भनेका छौं। किनभने उनीहरुले हामीलाई जनतातर्फ फर्काइदिए।’

उनले माओवादीमा २०६४ को जस्तै उभार फेरि आउने बताए। यस्तै उनले विद्यार्थीहरुलाई सडक बाघ बन्न आग्रह गर्दै आफू संसदमा सिंह बन्ने घोषणा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *