प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता

डिसी नेपाल
११ असोज २०८१ ८:२६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिदैँ जलवायु परिवर्तन, सगरमाथा संवाद र शान्ति स्थापनामा नेपालको योगदानबारे छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *