मह जोडीको ‘मह जात्रा’का लागि खल्तीबाट टिकट बुकिङ खुला

डिसी नेपाल
११ असोज २०८१ १२:५०

काठमाडौं। नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडिया सँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ।

यस प्रहसनमा महका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।

‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तितक २९ देखि प्रदर्शन हुनेछ । खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्नेछन् ।

दस वर्ष लामो अन्तरालपछि फेरि एक साथ मञ्चमा आउन लागेका मह जोडीको यस प्रहसनमा किरण के.सी. , राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायत कलाकारहरू रहेका छन्।

‘नाता’ , ‘सालिक’ , ‘नेपाल बन्द’, ‘मह दोहोरी’ जस्ता अनेकौँ सदाबहार प्रहसन गरिसेकेको यो अद्भुत जोडीको यस ‘मह जात्रा’ प्रहसन पनि भव्य रहने खल्तीले जनाएको छ । यो अद्वितीय प्रहसनले पुरानै शैलीमा समसामयिक विषय उठाउँदै हास्यव्यङ्ग्य रसको प्रयोग गरी सामाजिक, सांस्कृतिक र राजनीतिक सचेतना फैलाउने निश्चित छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खुसी व्यक्त गर्दै भने,“ विभिन्न कन्सर्ट, कार्यक्रम, मुभी जस्ता युवा मैत्री मनोरञ्जन को टिकटिङ मा अग्रणी भूमिका खेल्दै आएको यस खल्ती र निरन्तर पाँच दशक देखि हँसाउँदै र व्यङ्ग गर्दै समाजमा कला र सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्नुभएका मह जोडीको प्रहसन एक साथ जोडिँदा हामी अत्यन्त उत्साहित छौँ। सामाजिक सेवाको उद्देश्यका साथ गरिएको यस प्रहसनका लागि खल्ती प्रयोगकर्ताहरूले घरै बसी बिना कुनै झन्झट, सहज ढङ्गले टिकट खरिद गर्न सक्नेछन् । यस अनलाइन टिकटिङ सुविधा बाट सबैले लाभ लिनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।”

देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ।

सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्‍याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *