रोनाल्डो र गाब्रियलको गोलमा अल नासर विजयी

डिसी नेपाल
१२ असोज २०८१ ७:२५

काठमाडौं। अल नासरले साउदी प्रो लिग अन्तर्गत अर्को जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा एन्गोलो गाब्रियल र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। यस खेलमा खेलको ८६औँ मिनेटमा अल वेहडाका वालीद बक्सवीनले रातो कार्ड पाएका थिए।

यो यस सिजनमा अल नस्र्को ५ खेलमा तेस्रो जित हो। यो जितपछि अल नासरको ५ खेलमा ११ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी अल वेहडाको भने ५ खेलमा ४ अंक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *