भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता

डिसी नेपाल
१२ असोज २०८१ १३:२१

भक्तपुर । भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल्लामा पाँच जना बेपत्ता भएको जानकारी दिएको हो । जसमा ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् ।

वेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *