बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ७६ पुग्यो

डिसी नेपाल
१२ असोज २०८१ २०:३३

काठमाडौं।अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित भएका छन् ।

बाढी, पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ भने ७६ जनाको मृत्यु, ७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ।

उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ जनाको मृत्यु, २१ जना वेपत्ता, १५ जना घाइते र २ स्थानहरुमा भौतिक क्षति पुगेको छ।

यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुंगा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन्।

मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानहरुमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् ।

यसैगरी बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *