क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

डिसी नेपाल
१२ असोज २०८१ २३:४०

काठमाडौं। क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ। त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको हो।

क्यानडाका लागि साद बिन जफरले सर्बाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४-१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३-३, रजिन ढकाल र  दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए। अब नेपालले केहि बेरमा ब्याटिंग गर्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *