लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित

डिसी नेपाल
१३ असोज २०८१ ७:५४

काठमाडौं। आर्सनलले लेस्टर सिटीमाथि जित हासिल गरेको छ। इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

आर्सनलले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै जित हासिल गरेको थियो। आर्सनलको जितमा लीन्द्रो ट्रोसार्डले २ गोल गरेका थिए बने गाब्रियल मार्टिनेली र काइ हार्भेटले एक एक गोल गरेका थिए । त्यसैगरी लेस्टर सिटीका लागि दुवै गोल जेम्स जस्टिनले गरेका थिए।

यो जितपछि आर्सनलको ६ खेलमा १४ अंक भएको छ र शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको बराबरी गरेको छ। सिटी गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ।

त्यसैगरी लेस्टर सिटीको भने ६ खेलमा ३ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *