पाल्मरको चार गोलमा चेल्सी विजयी

काठमाडौं। चेल्सीले ब्राइटनमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए। पाल्मरले २० मिनेटमा चार गोल गरेर चेल्सीलाई सहज जित दिलाएका थिए।
त्यसैगरी ब्राइटनका लागि जर्जिनियो रोटर र कार्लोस बालेबाले एक एक गोल गरेका थिए। यो जितपछि चेल्सीको ६ खेलमा १३ अंक भएको छ भने ब्राइटनको ६ खेलमा ९ अंक रहेको छ।
प्रतिक्रिया
Facebook Comment