सुशीला बस्नेत तिमिल्सिनाको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक

डिसी नेपाल
१३ असोज २०८१ १२:०६

काठमाडौं। गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ। प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको संगीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो।

गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ। आफ्नो प्यारो मान्छेको हृदयको धडकन बन्न चाह यसमा व्यक्त गरिएको छ । शब्दहरू प्रेमिल छन् भने सङ्गीत पनि कर्णप्रिय छ।

भिडियोमा पशुपति श्रेष्ठ/बद्री श्रेष्ठ/सुमन पी मैनालीको छायांकन एवं सम्पादन रहको छ। सानैदेखि गीत संगीतमा लगाव राख्ने सुशीला पछिल्लो समय अमेरिकाको बोस्टनमा बस्दै आएकी छन्। विदेशमा रहेपनि उनी नेपाली गीत संगीतमा सक्रिय रहँदै आएकी छन्। ‘तिम्रो मायाको छयारीमा’ गीतलाई गायिका सुशीलाकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *